नियम ११०
पुनरावेदनको कार्यविधि
कुनै कर्मचारीले ऐनको दफा ७२ को खण्ड (क) बमोजिम
आफूलाई दिएको विभागीय सजाय विरुद्ध पुनरावेदन दिनु परेमा देहाय बमोजिमको
कार्यविधि अपनाउनु पर्नेछ ः–
(क) पुनरावेदन गर्ने कर्मचारीले आÇनै नामबाट पुनरावेदन दिनु पर्नेछ र
त्यस्तो पुनरावेदन उचित र आदरसूचक भाषामा लेखिएको हुनु पर्नेछ ।
(ख) पुनरावेदन गर्ने कर्मचारीले पुनरावेदनको साथमा आफ्नो सफाईको
निमित्त जो भएको सबुद प्रमाण संलग्न राख्नुका साथै जुन आदेशको
विरुद्ध पुनरावेदन गरिएको हो सो आदेशको नक्कल समेत संलग्न गर्नु
पर्नेछ ।
(ग) पुनरावेदन दिंदा पुनरावेदन सुन्ने अधिकारीलाई सम्बोधन गरी निजको
कार्यालयमा पुनरावेदन दर्ता गराउनु पर्नेछ ।
(घ) सजायको आदेश पाएको मितिले पै“तीस दिनभित्र पुनरावेदन दिनु पर्नेछ ।
तर पुनरावेदनको म्याद नघाई पुनरावेदन गर्ने व्यक्तिले पर्याप्त कारण
देखाई निवेदन दिएमा पुनरावेदन सुन्ने अधिकारीले मुनासिब ठहराएमा छ
महिनासम्ममा परेको पुनरावेदनलाई दर्ता गर्न सक्नेछ ।